तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय अनुसन्धान विभागद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘दोस्रो समूहको अप्रेशन कमान्ड तथा नेतृत्व विकास तालीम समापन’ कार्यक्रममा गृहमन्त्री थापाले देशलाई कमजोर बनाउने तत्वलाई जरैदेखि फालेमात्र देश विकास हुने बताउनुभयो ।

उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यावसायिक ‘इन्टिलिजेन्स’ संस्थामा रुपान्तरण गर्न तालीमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्ययोजना २०७४ अन्तर्गतका ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयन गर्न सबै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button