तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका मित्रराष्ट्र जन गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय सितल निवासमा उहाँहरु बीच भएको भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको हो ।

यसैगरी भेटवार्तामा दुबै मुलुकको आपसी सम्बन्धलाईआगामी दिनमा थप मजबुत तुल्याउने विषयमा विस्तृत कुराकानी समेत भएको छ ।

भेटवार्ताका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल , परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलगायत नेपाल सरकार तथा बंगलादेश सरकारका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button