तपाईँ सुन्दै हुनुहुन्छः

११ स्थानमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ । बैंकले चितवनदेखि पश्चिम क्षेत्रमा शाखा थपेको हो ।

बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मणिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा खोलेको जनाएको छ ।

शाखाहरु सम्बन्धित नगर तथा गाउँपालिकाका प्रतिनिधि र बैंका अध्यक्ष डा. विरेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । नयाँ शाखासंगै बैंकको देशभर शाखा संख्या १४४ पुगेको बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button