२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा प्रवेश

रेडियो नेपाल २०७६ कार्तिक २७ गते १७:४३

अजय बम । फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ ।

यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा पहिलो सेटमा माल्दिभ्सले बलियो चुनौती पेश गरेपनि नेपालको उच्च प्रदर्शनलाई रोक्न सकेन ।

५–५ अंकको बराबरीबाट अघि बढेको नेपाल २५–१४ ले विजयी रहन सफल भयो । दोस्रो सेटमा नेपालले खेलको शुरुवात देखि नै अग्रता लिदै २५–५ को सहज जित निकाल्यो ।

५–३ को अवस्थाबाट नेपालले लगातार १६ अंक जोडेको थियो । तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५–१३ को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।

सम्बन्धित