तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा पेस्तोलसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा अबैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।  यात्रुबाहक अटो रिक्सामा पेस्तोल राखेर हिडिरहेको अवस्थामा बाँके प्रहरीले डुडुवा गाँउपालिका ४ उचेमसाहका मेराज अली सैयदलाई नेपालगञ्जको गणेशपुरबाट पक्राउ गरेको हो ।

सैयदले चलाउँदै आएको भे १ स ८३२६ नम्बरको अटो रिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा विशेष सूचनाका आधारमा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी
दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button