तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचरी सरुवामा चक्रिय प्रणाली लागु गर्ने सहमति

काठमाडौँ।निजामति कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रिय प्रणाली लागु गर्ने विषयमा सांसदहरु सहमत हुनु भएको छ ।राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयक माथिको छलफलमा चक्रिय प्रणाली अनुसार कर्मचारी सरुवा गर्दा कर्मचारीलाई सवै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्व अनुमान योग्य हुनेगरी तोकिएको आधार र प्राथमिकता अनुसार गर्ने विषयमा सांसदहरु सहमत हुनु भएको हो ।Image result for राज्यव्यवस्था तथा सुशासन समिति

यस अघि भौगोलिक तह अर्थात जिल्ला तहलाई सरुवाको आधार मानिएकोमा अव सरुवाका लागि स्थानीय तहलाई आधार मानिएको छ ।
त्यस्तै निजामति कर्मचारीलाई दुई वर्ष पुरा नभई अर्को कार्यालयमा सरुवा नगर्ने विषयमा सहमति भएको छ । तर राजपत्राङ्कित विशिष्ट प्रथम श्रेणि वा सो सरहका निजामति कर्मचारीलाई सरकारले अवश्यकता अनुसार पारदर्शी रुपमा सरुवा गर्न सक्ने अवस्थामा पनि सहमति भएको छ ।
बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तल्ला तहमा कर्मचारी जाने अवस्था सिर्जना हुने गरी कानुन बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
मन्त्री पण्डितले विशेष कारणले कोही सक्षम व्यक्तिलाई नयाँ आयोजना दिनु पर्ने वा कोही व्यक्तिका कारण काम राकीएको अवस्थामा उसलाई सरुवा गर्न सक्ने अवस्था पनि हुनु पर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button