तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी

पोखरा। नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ ।

पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाको प्रवेशद्वार खोलाको छेउ, रुपाकोट रिसोर्ट प्रवेशद्वारमा आकर्षक एवं भव्य स्वागतद्वार निर्माण गरिएको छ ।

स्वागतकै लागि गुरुङ जातिको झाँकी, दलित समुदायका तर्फबाट पञ्चेबाजा, नेवार समुदायका तर्फबाट लाखे र मारुनी नृत्य प्रदर्शनको तयारी गरिएको छ ।

रुपाकोटामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीले स्वागत गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button