तपाईँ सुन्दै हुनुहुन्छः

डेढ वर्षपछि पीडित युवतीले पाइन् न्याय, प्रेमी भनिएका कार्कीलाई ५ वर्ष कैद, युवतीलाई ७ लाख क्षतिपूर्ति

काठमाडौं। डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक ब ला त्कार मु द्दाको बल्ल फैसला सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाएको छ । भने पी डित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्की पी डित भनिएकी युवतीका प्रेमी भनिएका थिए ।

तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक ब ला त्कार गरेको अ भियोग थियो । अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ ।

उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए । किनकि, घटना भएका वेला मुलुकी अप रा ध संहिता लागू भइसकेको थियो ।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button