तपाईँ सुन्दै हुनुहुन्छः

झापामा स्कुटरमा आगलागी हुँदा एकको मृत्यु, एक घाइते

भद्रपुर, झापा – झापाको कनकाई नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मंगलबार राती १०ः०० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किँदा अचानक स्कुटरमा आगलागी भएको र स्कुटर चालक शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय पवन मण्डल र पछाडि सवार सोही स्थानका २५ वर्षीय निरज शर्मा घाइते भई उपचारको लागि बी.एण्ड.सी. अस्पताल बिर्तामोड पठाइएकोमा निरज शर्माको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

घाइते मण्डको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button