२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा बढ्यो सुनको मूल्य

रेडियो नेपाल २०७६ कार्तिक २७ गते ११:२२

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार ४ रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ७१ हजार २ सय रुपैंया रहेको सुनको मूल्य आज २ सय रुपैंयाले बढेको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ५ रुपैंयाले बढेको छ ।

सम्बन्धित