तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्री सहभागी हुने’

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीहरु सहभागी हुने बताउनु भएको छ ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’मा मन्त्री भट्टराईले अगामी सन २०२० को जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम हुने जानकारी पनि दिनुभयो ।

मन्त्री भट्टराईले भ्रमण वर्षलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाउने बताउनुभयो ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रमण वर्षलाई सफल बनाउनका लागि पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button