तपाईँ सुन्दै हुनुहुन्छः

पेडा व्यवसाय दूधको अभावमा प्रभावित हुँदै

सप्तरी । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेका सप्तरीको बरमझियामा रहेको पेडा व्यवसाय दूधको अभावमा प्रभावित हुन थालेको छ ।

पेडा बनाउनको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसारको आपूर्ति नभएपछि नेपालमै प्रसिद्ध मानिएको सप्तरीको पेडा व्यवसाय ओरालो लाग्न थालेको व्यवसायीहरूले बताएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियादेखि महादेवपट्टिसम्म करीब एक किलोमिटरको दूरीमा १५० वटासम्म पेडाका पसल छन् । ती पेडा पसलमा दैनिक १७ लाख मूल्य बराबरको ८० मन दूध खपत हुने गरेको व्यवसायीको भनाइ छ ।

दैनिक करीब १० लाख मूल्य बराबरको पेडा बिक्री हुन्छन् भने यस व्यसायको कारण करीब दुई हजार कामदारले प्रत्यक्षरुपमा रोजगारी पाएका छन । पेडा व्यवसायको कारण दैनिक एक हजार किसानले दूध बेचेर आर्थिक लाभ लिने गरेका छन् ।

करीब ८० वर्षको लामो इतिहास बोकेको पेडाको दशैँदेखि छठसम्म पेडाको अत्यधिक माग हुने गरेको छ । हाल प्रयाप्त भैसीको दूधको अभावका कारण सोचेजस्तो व्यापार हुन नसकेको व्यावसायी चन्देप्रसाद साहले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button