साग लक्षित मिडिया कार्यशाला सुरु
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित दुई दिने मिडिया कार्यशाला सुरु भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहकार्यमा आयोजना गरेको कार्यशाला मंगलबारबाट सुरु भएको हो ।
कार्यशालामा देशभरका १ सयभन्दा बढी खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ । कार्यशालामा साग खेलकुदमा मिडियाको भूमिका, रिपोर्टिङ गर्ने तरिका, फरक रिपोर्टिङ, फोटो र भिडियो खिच्ने तरिका लगायतको विषयमा जानकारी गराईने छ ।
प्रतिक्रिया राख्नुहोस्