तपाईँ सुन्दै हुनुहुन्छः

डा. केसीद्वारा अनशन स्थगित

रासस । वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो ।

डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७ औँ अनशन नवौँ दिनमा स्थगन गर्नुभएको हो ।

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उहाँले विज्ञप्तिमार्फत बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उहाँ डडेल्धुरामा सत्याग्रह बस्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button