तपाईँ सुन्दै हुनुहुन्छः

आईसीसीको नयाँ वरियताः नेपाल एक स्थान माथि

अजय बम । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टि–२० वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अघिल्लो महिनाको वरियता क्रममा दुई स्थान तल झर्दै १३ औं स्थानमा पुगेको नेपाल यो महिनाको वरियता क्रममा १२ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र युएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने युएई १५ औं स्थानमा पुगेको छ । यसअघि युएई १२औं स्थानमा थियो ।

वरियता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button