तपाईँ सुन्दै हुनुहुन्छः

‘लिम्पियाधुरा महाकाली नदी पूर्वको भू–भाग हाम्रो हो अरूको हुन दिँदैनौ :  अध्यक्ष प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले लिम्पियाधुरा महाकाली नदिकोे मुहान भएकाले महाकाली नदी सीमा नदी भएको स्पष्ट पार्नुभयो ।

महाकाली नदिभन्दा पूर्वको भाग नेपालको भएको विषयमा कुनै कन्फ्युजन नरहेको भन्दै उहाँले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले सिमा सुरक्षाका सम्बन्धी समस्या हल गर्न सीमा सुरक्षा सम्बन्धी कामलाई अघि बढाइएको जानकारी दिनुभयो ।

भारतसँगको सिमासम्बन्धी विवाद नयाँ नभएको भन्दै गृहमन्त्री थापाले नेपालको सिमाना लिम्पियाधुरा काली नदी नै भएकाले त्यहाँको सुरक्षका लागि सुरक्षाकर्मी विस्तर गर्ने योजना बनाएको जानकरी दिनुभयो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको हो भनी नक्सा सार्वजनिक गरेको विषयमा सरकारले कुटनीतिक र रानीतिक रुपमा समस्या हल पहल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले लिम्पियाधुरा र कालापानी नेपालको भुमि हो भन्दै नेपाललाई बिदेशी भूमी एक इन्च पनि नचाहिने र नेपालीे एक इन्च जमिन पनि अरुलाई छोड्दैनाँै भन्ने कुरामा सरकार स्पष्ट रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले अहिले नेपाल र भारतवीचको सिमा व्यवस्थापन गर्ने उपयुक्त समय आएकाले सरकारले दृढ भएर सिमा सम्बन्धी समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपालको सिमान सम्बन्धी सम्पूर्ण प्रमाण जुटाउनु पर्ने, नेपालको आधिकारी नक्सा सार्वजनिक गर्नु पर्ने, सिमा नियमन गर्नु पर्ने, सिमानामा सुरक्षा व्यवस्था बढाउनु पर्ने लगायतका विषयमा पनि संसदहरुले जोड दिनुभयो ।

यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिले कूटनीतिक पहलबाट सिमा सम्बन्धी समस्याको समाधान निकाल्न सरकारलाई सुझाव दिएको छ ।

समितिले नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्न र हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरा सम्मको भू–भाग समावेश गरी नयाँ नक्सा तयार पार्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरीे स्थायी सुरक्षाको व्यवस्था गर्न पनि सुझाब दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button