तपाईँ सुन्दै हुनुहुन्छः

मंगलबारदेखि १० दिन भद्रपुर विमानस्थल बन्द हुने

भद्रपुर, झापा – झापाको सदरमुकाममा रहेको भद्रपुर विमानस्थल मंगलबारदेखि १० दिनसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सुचारु गर्न लागेपछि कात्तिक २६ देखि मंसिर ५ गतेसम्म विमानस्थल पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

कार्यालय प्रमुख पूर्णप्रसाद चूडालले धावनमार्ग मर्मतका लागि यसअघि पनि १८ घण्टा उडान बन्द गरेर काम गरेको बताउँदै यसपटक मर्मत र स्तरोन्नतिको ठूलो प्याकेज रहेकोले १० दिन उडान बन्द गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल उडड्यन प्राधिकरणसँग लिखित रुपमा अनुमति लिएर मर्मत तथा स्तरोन्नतिको काम अघि बढाइएको बताउनुभयो ।

१५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनिसकेकोले यसको मर्मत र स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ विनियोजन भई काम अघि बढेको प्रमुख चूडालको भनाइ छ ।

गौरी–पार्वती–देव एन्ड सायर जेभि काठमाडौँले धावनमार्ग मर्मत तथा स्तरोन्नतिको जिम्मा लिएको छ ।

भद्रपुर विमानस्थलमा १० दिनसम्म सेवा अवरुद्ध हुने भएपछि एयरलाइन्सहरुले भद्रपुरको नियामित उडानलाई विराटनगर सारिसकेका छन् । भद्रपुर विमानस्थलबाट दैनिक आधा दर्जन एयरलाइन्सले काठमाडौंसम्मको उडान भर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button