तपाईँ सुन्दै हुनुहुन्छः

बैदेशिक सहयोगमा २ करोड २४ लाखमा विद्यालय भवन निर्माण हुदैँ

बीरगंज– इस्लामिक डेभलप्मेन्ट बैंक, सउदी अरबीयाको आर्थिक सहयोगमा २ करोड २४ लाखको लागतमा बीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा सुफ्फह आयडियल एकेडमी इस्लामिक स्कूलको भवन निर्माण हुने भएको छ ।

नवनिर्मित भवनको आज एक समारोहका बिच नेपाल कम्युनिष्ट पार्टी बीरगंजका महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीले शिलान्यास गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष अन्सारीले शिक्षा बिना देशको विकास हुन नसक्ने हुँदा सकारात्मक सोचका साथ आफनो बालबालिकाहरुलाई विद्यालय पठाउन मुस्लिम समुदायका अभिभावकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा इस्लामि संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामि शिक्षाबारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यक्ता रहेको बताउनुभयो ।

इस्लामि संघ नेपाल तथा अलहेरा एजेकेशन सोसाईटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका इन्जिनियर नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button