२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा समाचकेवाको स्वरुप प्रदर्शनी, दर्शकको घुईचो

अजय कुमार झा २०७६ कार्तिक २५ गते १४:२७

जनकपुरधाम – मिथिलाको महान् सांस्कृति पर्वको रुपमा रहेको समाचकेवाको पात्रहरुको स्वरुप प्रदर्शन आज जनकपुरधाममा गरिएको छ ।

महान सांस्कृति पर्व समाचकेवा लोप हुने अवस्थामा पुगेको बेलामा यसको स्वरुपको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले मिथिला नाट्य कलापरिषद् जनकपुरले पहिलो चोटी समाचकेवा सबै पात्रहरुको स्वरुपको प्रदर्शनी जनकपुरधामको रामचोकमा गरेको छ ।

समाचकेवाको रुवरुप प्रदशनी कार्यक्रममा यसमा भएका प्रमुख पात्रहरु समाचकेवा, चुक्ला, चुक्ली, बृन्दावन, जानकी जन्म, डिहुली, साम्ब, हंसनी, वनतितर, खन्जन, खररीच, रामभैया, भैया वाटतकनी, मयुरनी, भामरा, झाँझुर, कुत्ता, लडडु बेचनी, मालिन र ढोलकीयाको स्वरुप प्रदशर्न गरिएको छ ।

साहित्यकार, कवि एवं कलाकार विजय दत्त मणिले बनाउनु भएकोे सामाका पात्रहरुको स्वरुपको प्रदर्शनी हेर्नका लागि सर्वसाधारणको भिड रहेकाले यसले लोप हुन लागेको संस्कृतिको संरक्षणमा मद्दत पुग्ने सस्कृति विद् एवं साहित्यकार रामभरोस कापडी भ्रमरको धारणा रहेको छ ।

समाचकेवाको स्वरुप प्रदर्शनीको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा गर्नु भएको थियो । खास गरेर समाचकेवामा भएका पात्रहरुको बारेमा नयाँ पुस्ताका व्यक्तिहरुलाई थाहा नभएका कारणले नै स्वरुपको प्रदर्शन गरिएको मिथिला नाट्उ कलापरिषदका अध्यक्ष परमेश झाले बताउनुभयो ।

समाचकेवा स्वरुप प्रदर्शनी कार्यक्रममा बोल्दै नगर प्रमुख साहले यसले कला तथा संस्कृतिको प्रबद्र्धमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाले मिथिलाको महान संस्कृतिको रुपमा रहेको समाचकेवाको बारेमा नयाँ पुस्तका व्यक्तिहरुलाई थाहा नभएको बेलामा यसले जानकारी गराउने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख रिता झाले समाचकेवा खेल्ने क्रममा पनि कमी आएको बताउदै यो मिथिलाको महान् सांस्कृति कपर्वको रुपमा रहेकाले यसको संरक्षण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा मिथिला नाट्य कलापरिषदका पूर्व अध्यक्ष एवं प्रसिद्ध गायक सुनिल मल्लिक, संगिता देवसहितका कलाकारहरुले समाचकेवाको परम्परागत गीतहरु गाउनु भएको थियो । साँझ समाचकेवामा आधारित थप सांस्कृति कार्यक्रम रहेको मिथिला नाट्य कला परिषद्ले जनाएको छ ।

सम्बन्धित