तपाईँ सुन्दै हुनुहुन्छः

एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौं । बंगलादेशमा भइरहेको एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

अरुणा शाहीको कप्तानी रहेको नेपालले अफगानिस्तानलाइ ३–० को सेटमा पराजित गरेको हो । पहिलो पटक राष्ट्रिय टिममा परेका ६ जना खेलाडिले आज डेब्यु गरेका हुन् ।

ढाकामा भएको खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९, २५–६ ले पराजित गरेको हो । खेलको वुमन्स अफ दि म्याच नेपालकी प्रतिभा माली घोषित भइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button