तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री रावलको राजिनामा स्वीकृत

धनगढी – सुदू्रपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश बहादुर रावलको राजिनामा स्वीकृत गर्नुभएको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वीकय सचिव शिवसिंह ओलीले राज्यमन्त्री रावलले पदबाट दिनुभएको राजिनामा मुख्यमन्त्रीबाट स्कीकृत भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टसमक्ष राज्यमन्त्री रावलले आजै पदबाट राजिनामा पेश गर्नुभएको थियो ।

राजिनामा दिनुअघि जारी प्रेस विज्ञप्तीमा राज्यमन्त्री रावलले आफुमाथी लगाउन खोजिएका आरोप तथा लाल्छनाको निश्पक्ष र तथ्ययुक्त छानविन होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिएको र वस्तुपरक छानविनमा आफ्नो पुर्ण सहयोग रहने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button