तपाईँ सुन्दै हुनुहुन्छः

संघीय सांसद चौधरीद्वारा बिद्यार्थीलाई पोशाक बितरण

घोराही – प्रतिनीधिसभाका सदस्य मेटमणी चौधरीले गढवाको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि आफ्नै लगानीमा पोशाक बितरण गर्नुभएको छ । सांसद भएपछि पहिलो पटक आफ्नै लगानीमा गढवा ३ गोबरडिहामा रहेको आदर्श रात्री आधारभुत बिद्यालयका बिद्यार्थीलाई पोशाक बितरण गर्नुभएको हो ।

बिद्यालयमा एक औपचारिक कार्यक्रम गरी प्रतिनीधिसभा सदस्य चौधरीले चार लाख १८ हजारको लागतमा तीन सय ११ जना बिद्यार्थीका लागि पोशाक बितरण गर्नुभएको हो । जाडो समयमा न्यानो गराउनका लागि पोशाक बितरण गरेको प्रतिनीधिसभा सदस्य चौधरीले जानकारी दिनुभएको छ ।

मुक्त कमैया, बोटे, माझी, कुमालका बालबालिका अध्ययन गर्दै आएको बिद्यालयका रुपमा रहेको भन्दै आगामी दिनमा पनि सहयोगका कार्यक्रम निर्माण गर्ने सांसद चौधरीले जानकारी दिनुभएको छ । सांसद चौधरीले टिसर्ट, ट्राउजर र ट्रयाक सहयोग गर्नुभएको हो ।

पोशाक प्राप्त गरेपछि बिद्यार्थीहरु निकै खुशी भएका छन् । बिद्यालयमा अध्ययनरत सम्झना बुढा मगरले जाडो समयमा अध्ययन गर्न निकै राम्रो हुने बताउनुभयो । त्यसैगरी पोशाक बितरण कार्यक्रममा सहभागी भएका अभिभावक समेत खुशी भएका छन् ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभा रावतको अध्यक्षतामा भएको कार्यक्रममा भएको थियो । सांसद चौधरीले बिद्यालयका प्रधानाध्यापक शोभाराम यादबलाई पोशाक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button