तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरमा टेम्पो ठोकिदा एकजनाको मृत्यु

महोत्तरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ मा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गैरहेको ज १ त ३६५१ नम्बरको ट्याक्टरमा ना ३ स ५२०६ नम्बरको टेम्पो ठोकिदा टेम्पोमा सवार एक यात्रुको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

टेम्पोमा सवार बर्दिवास नगरपालिका ५ बस्ने ३५ बर्षीय रमेश बिकको मृत्यु भएको हो । बिकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी टेम्पो चालक २५ बर्षीय टिकमराम पाण्डे घाईते भएका छन् । घाईतेको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भईरहेको छ ।

ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी निशान्त थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button