तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एकको मृत्यू, एक घाइते

महोत्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ मा गएराती दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गैरहेको ज १ त ३६५१ नम्बरको ट्याक्टरमा ना ३ स ५२०६ नम्बरको टेम्पो ठोकिदा टेम्पोमा सवार एक यात्रुको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

दुर्घटनामा टेम्पोमा सवार बर्दिवास नगरपालिका ५ बस्ने ३५ बर्षीय रमेश बिकको मृत्यु भएको हो । बिकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी टेम्पो चालक २५ बर्षीय टिकमराम पाण्डे घाईते भएका छन् । घाईतेको बर्दिवास स्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भैरहेको छ ।

ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी निशान्त थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button