तपाईँ सुन्दै हुनुहुन्छः

औषधिजन्य फोहरले प्रदुषित हुँदै तामाकोसी नदी

दोलखा । दोलखाको सिंगटी बजार क्षेत्र भएर बग्ने तामाकोसी नदी किनारमा अस्पताल तथा फार्मेशीबाट निस्कीएको औषधिजन्य फोहर जथाभावि फलिएको छ ।

फोहोर नदीमा सिधै फाल्ने गरिएकाले नदीको पानी प्रदुषित बनि मानव जीवनमै गम्भीर असर पर्ने देखिएको छ ।
सिंगटी खोला र तामाकोसी नदी मिसिने दोभानको बगरमा अस्पताल तथा फार्मेसीहरुबाट सुई, ग्लोब्स, प्याड, स्लाईन पानीको बोतल जस्ता औषधिजन्य फोहर जथाभावि फालिने गरेको स्थानियको छ । सिंगटी खोलामा दैनिक माछामार्ने र उक्त माछा स्थानियसंगै धेरै पर्यटकहरुले समेत खाने भएकोले त्यसबाट समेत मानव जीवनमा गम्भीर असर पर्ने देखिएको सरोकारवालाहरुको चिन्ता छ ।

सिंगटी तथा तामाकोसी नदीको दोभान आसपास बगरमा सुई, ग्लोब्स, प्याड, स्लाईन पानीको बोतल जस्ता औषधिजन्य फोहरहरु जथाभावि फालिने गरेकोले त्यसले मानव जीवनसंगै माछा लगायतका जीव जन्तुहरुलाई गम्भीर असर गर्ने देखिएको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठ बताउनु हुन्छ ।

ब्यवसायीहरुले आफ्नो व्यवसायबाट निस्कने फोहरलाई नदी किनारमा फाल्ने नभै उचित ढङ्गले त्यसको व्यवस्थापन गर्नु पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । औषधिजन्य फोहरले गम्भीर असर गर्ने भएकोले अस्पताल तथा फार्मेशी सञ्चालकहरुले फोहर व्यवस्थापनलाई महत्वका साथ व्यवस्थापन गर्नु पर्ने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।

नदी किनारमा औषधिजन्य फोहर अत्यधिक देखिएपछि सिंगटीका स्थानियले स्थलगत निरीक्षण गरी स्थानिय प्रशासनलाई जथाभावि फोहर फाल्ने संस्था एवं व्यक्तिलाई कार्वाहिको लागि ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । वातावरणविद् दिपक केसी औषधीजन्य फोहोर अरु फोहोरभन्दा सयौं गुणा खतरनाक भएकोले सोझै नदीमा फाल्दा जलप्रणाली र खाद्य चक्रमै असर पार्ने बताउनु हुन्छ । औषधिजन्य फोहरलाई सामान्य व्यवस्थापन समेत नगरी सिधै नदी किनार तथा बगरहरुमा फालेको देखिएको उल्लेख गर्नुहुदै यसको नियन्त्रणको लागि स्थानिय प्रशासन र स्थानिय सरकारले ध्यान दिनुपर्ने बताउनु हुन्छ ।

विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा २ वटा फार्मेसी तथा कालिञ्चोक गाउँपालिका वडा नं. ३ सिंगटीमा रोल्वालिङ सामुदायिक अस्पताल, जीवन फार्मेसी र सरकारी स्तरको एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल नदीमा सोझै औषधीजन्य फोहोर फालिएको बारे जानकारी पाएकोले इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय सिंगटीलाई स्थलगत निरीक्षण गरी जानकारी दिन निर्देशन दिएको बताउनु भयो । नदी प्रदुषित हुने गरी फोहोर फाल्ने जो कोहीलाई पनि कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button