२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सर्वपक्षीय बैठक: राष्ट्रिय सहमतिका साथ कुटनीतिक र राजनीतिक पहलबाट समस्या सामाधान गर्न दलहरु सहमत

सुरेन्द्रमणि त्रिपाठी/ सम्झना गौतम २०७६ कार्तिक २३ गते २२:४९


काठमाडौँ । कालापानी, लिपुलेकसँगै लिम्पियाधुरा नेपालको भएको र यसमा कुनै दुबिधा नरहेको दलहरुले निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंगको सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन आज बोलाउनु भएको सर्वपक्षीय बैठकले यस बिषयमा राष्ट्रिय सहमतिका साथ अगाडी बढ्ने र दुई देशबीच उच्च स्तरीय सम्बादबाट समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले हालै जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकसँगै लिम्पियाधुरालाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालभर त्यसको बिरोध भईरहेको र दलहरुसमेत एकमत रहेकाले सरकारले कूटनीतक र राजनीतिक पहलबाट सीमा समस्या समाधान गर्ने बताउनुभयो ।

परराष्ट मन्त्री ज्ञवालीले बैठकको अन्त्यमा प्रधानमन्त्री ओलीले काली नदी नै दुई देशको सीमा भएकाले लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अडान सरकारले लिने बताउनुभएको पनि जानकारी गराउनुभयो

बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी लगायतका भूमि नेपालको भएको धारणा राखको र ‘महाकाली नदी पूर्वका हाम्रा सबै भूभाव फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नपर्ने बताउनुभएको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले संचारकर्मीलाई जानकारी दिनुभयो ।

सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिनुभएका पूर्व प्रधानजमन्त्री डा बाबुराम भट्टराईले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका स्थानमा रहेको सीमा विवाद प्रधानमन्त्री तहमा कुरा गरेर समाधान गर्नु पर्ने सुझाव आफुले दिएको पत्रकारहरुलाई बताउनुभयो ।

राप्रपाका अध्यक्ष एवं पूर्ब परराष्ट मन्त्री कमल थापाले कूटनीतक र राजनीतिक पहलबाट सीमा समस्या समाधान गर्नुपर्ने र यसमा सबैको साथ रहेको बताउनुभयो ।

बैठकमा सहभागी अन्य नेताले पनि कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको र सरकारले लिएको अडान सही भएको धारणा राख्नुभएको थियो ।

भारतले हालै जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकसँगै लिम्पियाधुरालाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाउनुभएको थियो ।

सम्बन्धित