तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वासमा निजी लगानीमा ग्याँस उद्योग संचालनको तयारी

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा निजी लगानीमा ग्याँस उद्योग संचालन हुने भएको छ । रोजगारीको सिलसिलामा भारतमा काम गर्ने केही नेपाली यूवाहरु र केही नेपालमै रहेका व्यक्तिहरुको संयुक्त लगानीमा शुक्लाफाँटा ग्याँस ईन्डष्ट्रीज संचालनको तयारी भइरहेको छ ।
जम्मा १८ करोड सम्मको लगानी लाग्ने भनिएको उक्त ग्याँस उद्योगमा अमर बहादुर तिरुवा, दिपक दर्जी र दिलिप वडको लगानी रहेको छ ।
पराइ देशमा दुःख कष्ट गरेर कमाएको पैसाले आफ्नै भूमिमा ग्याँस उद्योग खोल्ने तयारी गरेको र आगामी दिनमा उद्योगलाई समुदायमा आधारित बनाउने योजना रहेको प्रकाश दर्जीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button