तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा छ मतदान स्थल अति संवेदनशील

घोराही– जिल्ला सुरक्षा समिति दाङले आगामी मंसिर १४ गते हुने उपनिर्बाचनका लागि आवस्यक सुरक्षा रणनिति तयार पारेको छ । समितिले भुगोल, सञ्चार, दुरीका हिसाबले सुरक्षा संवबेदनशिलताको बर्गीकरण गरेको हो ।

उपनिर्बाचनका लागि ६ वटा मतदानस्थललाई अति संवेदनशिल क्षेत्रका रुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । त्यसैगरी २६ मतदानस्थललाई संवेदनशिल र २ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

सोही संवेदनशिलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्य सम्पादनमा विषेश ध्यान दिईएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ । दुई स्थानमा हुने उपनिर्बाचनका लागि निर्बाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ ।

मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दाङ निर्बाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button