तपाईँ सुन्दै हुनुहुन्छः

१७ औ आमरण अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

डडेल्धुरा। आमरण अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । पाच दिनदेखि आमरण अनशनमा बसेका केसीको स्वास्थ्य बिग्रिदै गएपछि शुक्रबार बेलुका डडेल्धुरा अस्पतालमा सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ ।

१७ औ अनशनमा बसेका कहिले सात बुँदे माग राख्दै गत कात्तिक १८ गते सोमबारदेखि अनशन सुरु गरेका थिए। डा केसीको स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको अस्पतालका निमित्त मेडिकलल सुपरीटेनडेण्ट डा जितेन्द्र कंडेलले बताए। केसीले सदरमुकाम नजिकै निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा चिसो कोठामा अनशनरत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button