तपाईँ सुन्दै हुनुहुन्छः

एकपक्षीय नक्सा अस्वीकार्यः सञ्चारमन्त्री बाँस्कोटा

कला राना, स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले भारतले एक पक्षीय ढंगबाट सार्वजनिक गरेको नक्सा नेपाललाई स्वीकार्य नभएको बताउनुभएको छ ।

स्याङजाको वालिङमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले नेपालले ऐतिहासीक दस्तावेज र प्रमाणका आधारमा आफ्नो भुमिको रक्षा गर्ने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका संचारमन्त्री बाँस्कोटाले देशको भुगोल रगत, पसिना र आसँुको मुल्यहरुसंग जोडिएको बताउनुहुदैं नेपाल छिमेकिसँगको सम्बन्धलाई सधै प्रगाढ बनाउने पक्षमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button