तपाईँ सुन्दै हुनुहुन्छः

भारतिय नक्सामा नेपाली भूमि राखिएको विरोधमा टीकापुरमा प्रदर्शन

टीकापुर कैलाली – भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा टीकापुरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल टीकापुरको संयूक्त आयोजनामा आज बिहान टीकापुरमा प्रदर्शन गरिएको हो ।

टीकापुरको भानु चोकबाट निकालिएको र्याली टीकापुर बजार परिक्रमा गरी पुनः भानु चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सबैभन्दा ठूलो राष्ट्र भएको बताउदै राष्ट्रियता विना हाम्रै  अस्तित्व नरहने बताउनु्भयो ।

उहाले जबसम्म भारतले आफ्नो नक्साबाट कालापानी र लिपुलेख हटाउदैन तबसम्म यो बिरोधको अभियान जारी रहने र त्यसमा पूर्वदेखि प्रश्चिमका सबै नागरिकले एक जुट भएर लड्नु पर्ने बताउनुभयो ।

¥यालीमा सहभागिहरुले नालापानी र लिपुलेक हाम्रो हो, हाम्रो स्वाधिनतामा हस्तक्षप गर्न पाइदैन्, कालापानीबाट भारतिय सेना फिर्ता गर लगाएतका नारा लगाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button