२०७८ साल माघ १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिमा मिचिएको भन्दै बारामा भारतबिरुद्ध प्रदर्शन

ध्रुव अधिकारी २०७६ कार्तिक २२ गते १४:५०

बीरगंज – भारतले नेपाली सिमा अतिक्रमण गरेको भन्दै आज बाराको निजगढमा नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सँघले प्रदर्शन गरेको छ ।

भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा पारेपछि त्यसको विरोधमा निजगढमा बिरोध प्रदर्शन गरिएको तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताउनुभयो ।

आफनो देशको सिमा रक्षाका लागि सबै राजनितिक शतिmहरु बिना पूर्वाग्रह भारतलाई तत्काल निर्णय फिर्ता गराउन एक जुट हुनु पर्ने कुरामा विद्यार्थी तथा युवा नेताहरुले जोड दिएका छन् ।

निजगढको शहिद चोकबाट भारत बिरोधी नारा सहित निस्किएको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामा, निजगढ नगर सभापति महेशी कुमर,उपसभापति नवराज तिमल्सिना,नगर सचिव आशिष तामाङ,नेपाल सांस्कृतिक संघ बाराका अध्यक्ष भाईकाजि श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित