तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटर साईकललाई ठक्कर दिदा  एक जनाको  मृत्यु, गम्भिर घाईते

बीरगंज –पुर्व पश्चिम राजमार्गकोे पसाह खोलानजिक आज बिहान ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार सिन्धुपाल्चोकको पांचपोखरी गांउपालिका वडा नम्बर १ निवासी ३० वर्षिय सुरेश बम्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ बस्ने बुद्धिबहादुर बम्जन गम्भिर घाईते भएको र उनको अहिले वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

निजगढबाट पथलैया तर्फ आंउदै गरेको ना ६ ख ७०६७ नम्बरको ट्रकले पथलैयाबाट निजगढ तर्फ जांदै गरेको बा ७८ प ४८५३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकलाई ईलाका प्रहरी कार्यालय निजगढ बाराले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button