तपाईँ सुन्दै हुनुहुन्छः

अटो रिक्साको रुट अनुमति नपाउदा युवाहरु मारमा

इलाम – बैदेशिक रोजगारीमा ३ वर्ष बिताएर स्वदेश फर्किनु भएका सुर्योदय नगरपालिकाका रविन आचार्यले नेपालमा नै रोजगारी गर्न अटो रिक्सा संचालन गर्न थाल्नुभयो ।

रुट परमिट नभएको भन्दै प्रहरीले रिक्सा प्रकाउ गरेपछि स्वदेशमा रोजगारी गर्ने आर्चायको सपना भत्किएको छ । विदेशमा कमाएको पैसाले नपुगेपछि किस्ता रकम बुझाउने गरी ऋण लिएर अटो खरिद गर्नु भएका आर्चाय चिन्तित हुनुहुन्छ । नगरपालिकाले रुटको अनुमति नदिएपछि उहाँ जस्तै अन्य आठ जनाको अटो गत आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएको अटोहरु प्रहरी चौकी फिक्कलमा थन्किएको छ ।

अटो रिक्सा सञ्चालन गरी स्वरोजगार बनी रहेका युवाहरुलाइ सुर्योदय नगरपालिकाले अटो सञ्चालनमा रोक लगाएपछि युवाहरु बेरोजगार बनेका छन । ९ बर्ष बैदेशिक रोजगारीका लागि कतार बसेर फर्किनु भएका भेषराज आचार्यले पनि गत असारबाट अटो सञ्चालन गर्न थाल्नु भएको थियो । स्वरोजगार बन्न आफुले अटोमा यात्रु ओसार्न थालेको भएपनि नगरपालिकाले अवरोध गरेको बताउनुभयो । नगरपालिकाको निर्देशनमा रुट परमिट नभएको कारण देखाएर प्रहरीले अटो लगेको आर्चायको भनाइ छ ।

अटो संचालन गरिरहेका अधिकांस युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका छन भने केही युवा यही व्यवसाय गरिहेका थिए । वित्तिय सस्थाबाट ऋण लिएर सञ्चालन गरेको अटो पक्राउ गरेपछि बेरोजगार भएको र किस्ता बुझाउन नपाउदा ऋणको भार बढ्ने उनीहरुको चिन्ता छ । अटो चलाएर बैंकको किस्ता बुझाउन र घर खर्च चलाएदै आएको उनीहरुले बताएका छन । नगरले तत्काल अटो सञ्चालनको लागि अनुमति नदिए रोजगारीको लागि फेरी खाडी मुलकु नै जानु पर्ने हो कि भन्ने युवाहरुले दुखेसो गरेका छन ।

तीन दिन भित्र अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै अटो चालकहरुले सुर्योदयन नगरपालिकामा विहिबार ज्ञापन पत्र बुझाएको हेमराज दर्जीले जानकारी दिनुभयो ।

सुर्योदय नगरपालिकाका उपमेयर दुर्गादेवी भट्टराइले नगरको सडको चाप , साँगुरो सडक , अव्यवस्थित सडक , निमार्णाधिन सडक भएको भन्दै नागरिक स्तरमा अटो रिक्सा आवश्यकता छ कि छैन् भनी छलफल गर्ने बताउनुभयो । अघिल्लो नगरसभाबाट १० वटा भन्दा बढी अटोलाई रुट परमिट नदिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

सुर्योदय नगरपालिका भित्र १० वटा दर्ता भएर र ८ वटा दर्ता विना सञ्चालनमा थिए । अनुमति प्राप्त नभएका ८ वटा संचालनमा रोक लगाइएको छ । पहिले नै दर्ता भएका दश वटा संचालनमा छन । ती दशवटा अटो स्थानीय सरकार गठन हुनु अघि नै अनुमति पाएर सञ्चालनमा थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button