तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित तीनजना पक्राउ


नेपालगञ्ज –बाँके प्रहरीले तीन जना लागूऔषध कारोबारीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगञ्ज–९ बिद्युतरोड नजिकैबाट २० ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज–९ का नरेश खटिक र भारतीय नागरिक बहराइचका २४ वर्षिय रोहण अन्सारीलाई पक्राउ गरेको हो ।

त्यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीबाट ५ ग्राम ६ सय १० मिलीग्राम ब्राउन सुगरसहित नेपालगञ्ज–४ का १८ वर्षिय समिर अन्सारीलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लागूऔषध कारोबारी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button