तपाईँ सुन्दै हुनुहुन्छः

आलमको थुनछेक बहस आज

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा आज थुनछेक बहस हुने भएको छ । बिहिबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि आजका लागि थुनछेक बहस सरेको हो ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सकिएपछि आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीले बहस सुरु गरेका थिए । आलमलाई जम्मा ५१ वटा प्रश्न सोधिएको थियो ।

बिहीबार तेस्रो दिनको बयानमा आलमलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेका अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन्  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button