तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक–आर्थिक रुपान्तरणका निम्ति अमेरिकाले नेपाललाई निरन्तर सघाउने   

काठमाडौँ –  अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताउनुभयो ।

प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button