तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि बागलुङमा दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी दर्ता

बागलुङ – आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा आठ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ को (२) प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेद्वार र नेपाली कांग्रेस, समाजवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यापानेले जानकारी दिननुभयो ।

साझा बाम उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका नेता खिम बिक्रम साहीको मनोनयन दर्ता भएको छ । त्यस्तै नेपाली कांग्रेसका जीत सेरचन, राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी समाजवादी पार्टीबाट अशोककुमार बिक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर मगर मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट मित्रबहादुर मगर उम्मेदवार बनेका छन् ।

त्यस्तै बिबेकशिल नेपाली दलको समर्थनमा ढोरपाटन नगरपालिका १ का सन्तोष भण्डारी र नेकपामा असन्तुष्ट बनेका शेरमान घर्तिको पनि स्वतन्त्र उम्मेदवारी दर्ता भएको निर्वाचन कार्र्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button