तपाईँ सुन्दै हुनुहुन्छः

अफताव आलमको बयान सकियो, थुनछेकको बहस शुरु

रौतहट – नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम विरुद्धको मुद्दामा बयान सकिएसंगै जिल्ला अदालत गौरमा थुनछेकको बहस शुरु भएको छ । जाहेरवालाको तर्फबाट जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले पहिलो बहस गर्नु भएको हो ।

त्यसपछि महान्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता अर्जनप्रसाद कोईरालाले बहस गर्दै हुनुहुन्छ । कर्तव्य ज्यान, ज्यान मार्ने उधोग र बम बिस्फोटको तीनवटा आरोप लागेका निलम्बित सांसद आलमलाई जिल्ला अदालत गौरका न्यायाधिश दिपक ढकालले घटनासँग सम्बन्धि ५२ वटा प्रश्न सोध्नु भएको हो ।

आरोपी निलम्बित सांसद आलमले घटनालाई ईन्कारी बयान दिनु भएको जनाइएको छ । पहिलो संविधानसभाको अघिल्लो दिन २०६४ चैत्र २७ गते निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलमको काका स्वर्गीय शेष ईद्रिसको गोठमा बम बिस्फोट हुँदा दुई जनालाई कर्तव्य गरी मारेको आरोपमा उहाँलार्ई मुद्दा चलाइएको हो ।

गत असोज २६ गते बीरेन्द्र राजमार्गको शेष ईद्रिस गेटबाट प्रहरीले आलमलाई पक्राउ गरेको हो । उहाँलाई रौतहटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button