तपाईँ सुन्दै हुनुहुन्छः

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने थप एक जना पक्राउ

बर्दिया-  नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने थप एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नेटवर्किङ व्यवसायलाई नेपालमा बिस्तार गरी ठगी गरेको आरोपमा बर्दिया प्रहरीले गत शनिबार चार जनालाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

ओरियन्स ग्लोबल नेटवर्किङ प्रा.लि नामक बहुराष्टिय कम्पनिले नेटवर्किङ व्यवसाय नाममा ठगी गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका ४ का बिबेक थारू, वडा ५ का प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ बस्ने दिपक चौधरी र राजापुर नगरपालिका वडा नं ३ बस्ने अशा थारू लाइ नियन्त्रण गरी प्रहरीले अनुसन्धान सुरु गरे लगत्तै मंगलवारका दिन गुलरिया बजारबाट कैलालीका मञ्जित चौधरीलाई पनि प्रहरी नियन्त्रणमा लिएका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनु भएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पछिल्लो समय नेटवर्किङ ब्यवसाय सञ्चालन गरेर बाँके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सर्वसाधारण ठगिन थालेको उजुरी पर्न थालेपछि प्रहरीले नेटवर्किङमा संलग्नलाई नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button