तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा एक जनाको शव फेला

लहान –सिरहा नगरपालिका वडा नम्बर – १२ स्थित कमलानदीको छेउमा आज एका बिहान एक अपरिचित व्यक्तिको शव फेला परेको छ । करिब ५० बर्षिय पुरुषको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीको टोली शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याईएको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीयले खेतमा काम गर्न जाँदा बेवारीस अबस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button