तपाईँ सुन्दै हुनुहुन्छः

टेक्सासमा एक गोरा अ तिवादीलाई मृत्युदण्ड

वासिङ्टन – अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अ तिवादीलाई मृत्युद ण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युद ण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।

अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती ह त्या गरिएकी महिलाको श व गाडेका थिए । “आर्यन सर्कल” नामको समूह (ग्याङ) ले चलाएको ला गूऔ षध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको ह त्या गरेको सरकारी वकीलले बताएका छन् ।

हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको ह त्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृ त्युद ण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युद ण्ड दिइएको छ । (रासस-एएफपी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button