तपाईँ सुन्दै हुनुहुन्छः

लाप्राक नमुना बस्ती निर्माण लगभग सम्पन्न, हस्तान्तरणका लागि तयारी गरिंदै

गोरखा । जिल्लाको लाप्राकको गुप्सीपाखामा बन्दै गरेको एकीकृत नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारी भइरहेको बताइएको छ । यसका लागी लाभग्राही छनोट गरी जग्गाको लालपूर्जासहित घर हस्तान्तरणको लागि अन्तिम चरणको काम सुरु भएको हो ।

५ सय ७३ लाभग्राहीका लागि घर निर्माण गरिए पनि अहिले लाभग्राहीको संख्या हेरफेर भएको हुन सक्ने भएकाले अन्तिम छनोट थालिएको बस्ति निर्माण टिमले बताएका छन् ।

कात्तिक २३ गतेसम्ममा अन्तिम लाभग्राहीको टुंगो लगाइने छ भने यसको जिम्मा धार्चे गाउँपालिकाले गरिरहेको छ । अन्यत्र घरजग्गा नभएकालाई मात्रै अब लाभग्राहीको सूचीमा राखिनेछ ।

वास्तविक लाभग्राही यकिन भैसकेपछि उनीहरुको नाममा लालपूर्जा बनाउने काम सुरु हुने छ । लालपूर्जा पाए पनि उनीहरुले १० वर्षसम्म घरजग्गा बिक्री गर्न भने पाउने छैनन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बस्ती निर्माण थालेको लाप्राकमा ५ सय ७३ जनाका लागि त्यतिनै संख्यामा घर निर्माण गरिएको छ । अहिले घरको शौचालय निर्माणको काम भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button