तपाईँ सुन्दै हुनुहुन्छः

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज साताको पाँचौं दिन (बिहीबार) अमेरिकी डलर र कुवेती दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ९७ पैसा र बिक्रिदर १४६ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button