तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा विद्यार्थीद्धारा भारत विरोधि प्रर्दशन

मकवानपुर । नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा विद्यार्थीहरुले विरोध गरेका छन् ।

अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले ‘गो व्याक इण्डिया’ को नारा र व्यानरसहित हेटौंडा नगर परिक्रमा गरेर बिरोध गरेका हुन । मकवानपुर बहुमुखी क्याम्पसबाट शुरु भएको र्यालीले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेको थियो । र्यालीपछि हेटौँडाको बुद्धचोकमा कोणसभाको आयोजना गरिएको थियो । सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिएका छन् । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button