तपाईँ सुन्दै हुनुहुन्छः

न्युनतम पारिश्रमीकबारे छलफल

दोलखा ।  न्यूनतम पारिश्रमिक निर्धारण समिति र संचार रजिष्ट्रारको कार्यालय प्रदेश ३ ले दोलखा सदरमुकाम चरिकोटमा श्रमजीवी पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमीक कार्यान्वयन, अवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश र दोलखा शाखाको समन्वयमा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यमलाई कारवाही गरिने बताउनु भयो ।

कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश ३ का रजिष्ट्रार रेवती सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालयको अधिकार र हालसम्म गरेको कामको विवरण प्रस्तुत गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, वैतेश्वर गाउँपालिकाका उपप्रमुख रविचन्द्र आर्चाय, मेलुङ गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष हिराकुमार थोकर, जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी टंकप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी, तीन नम्बर प्रदेशका महासचिव कृष्ण सारुमगर, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियन बागमति विशेष क्षेत्र संयोजक रमेश खतिवडा, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष मन्दिरा थापा, होम पाठक, प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, कालिञ्चोक एफएमका अध्यक्ष दिपक वस्नेत लगायतले श्रमजीवी पत्रकार ऐनको विषयमा जिज्ञासा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button