तपाईँ सुन्दै हुनुहुन्छः

जीवन शर्माका छोराको उपचारका लागि सहयोग जुट्दै

काठमाडौं । जनगायक जीवन शर्माका छोराको उपचारका लागि तनहुँ जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो ।

घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । “शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरुले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गर्नुभयो ।”

 

श्रेष्ठका अनुसार सङ्घमार्फत रु २७ हजार ४९० र सङ्गममार्फत रु १४ हजार ५५० सहयोग सङ्कलन भएको थियो । शर्माको उपचारका लागि अमेरिकाबाट पनि रु ११ हजार २३५ सहयोग प्राप्त भएको छ । त्यस्तै दुवै संस्थाका पदाधिकारी र सदस्यले पनि सहयोग गरेका छन् । केही दिनअघि मात्रै सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको रु ५० हजार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी र नेतृ भगवती न्यौपानेको पहलमा रु ६० हजार शर्माको उपचारका लागि प्रदान गरिएको थियो ।

 

त्यसैगरी शर्माको परिवारलाई माननिय शान्ता चौधरीको अपिलमा बेलायतमा रहनुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले ६० हजार पठाउनुभएको छ । युके (स्कटल्याण्ड एडिन्बरा) निबासी नेपालीहरू मोती खरेलको (गुल्मी मुसिकोट नपा –९ पहलमा ४ सय १८ पाउण्ड गरिएको थियो रकम सँकलन गर्नेकाममा मोती खरेल, चेतन सापकोटा, चुम्मन पसाई , बलराम पौडेल, खिम सुबेदी, दिबाकर पाण्डे ,यादुमणी सापकोटा, बिष्णु न्यौपाने टिकराम खराल ,बाबुराम सापकोटा,बलराम कडेल , सागर भण्डारी , बिदुर पर्साद शर्मा ,चेतमान केसी युके, गँगाधर सापकोटा र स्कटल्याड फाईफ कम्युनिटीका कृष्णअर्याल,बलभद्रअमाई,भानुकण्डेल, लक्षमण अधिकरी,राम पर्साद बगाले र कृष्ण जिसीको सकृयतामा उठेको हो ।

उक्त रकम टिचिङ्ग हस्पिटल मा जीवन शर्मालाई हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button