तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख प्रसाईद्धारा पदभार ग्रहण


हेटौडा । प्रदेश नं ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई आज प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ ।

आज दिउँसो आइपुग्नुभएका प्रमुख प्रसाईंलाई प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामजिक विकासमन्त्री युवराज दुलालसहित प्रदेश ३ का सांसद, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुखको टोलीले स्वागत गरेको हो ।

स्वागतपश्चात् उहाँले आजै पदभारसमेत ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै उहाँले आफू प्रदेश ३ को प्रगतिका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button