तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालयसँग सम्बन्धित कानूनहरू निर्माणको प्रकृया अन्तिम चरणमा : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसंग सम्बन्धित कानूनहरू निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरूङको बिदाईका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्वन्धित प्रायः सबै क्षेत्रको कानूनी अन्यौलता अन्त्य भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार गठन भएदेखि नै मन्त्रालयको सम्पूर्ण ध्यान कानून निर्माण केन्द्रीत रहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले केही वर्षभित्र नै देखिने उपलब्धी हासिल हुने बताउनुभयो ।

कार्यक्रममा उमेर हदका कारण आजदेखि निवृत्त हुनुभएका सचिव महेन्द्रमान गुरूङले निजामती सेवामा प्रवेश गरेपछि निरन्तर नयाँ कुराको ज्ञान र अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको बताउनुहुँदै आगामी दिनमा ती ज्ञान र अनुभवलाई समाजको रूपान्तरणका लागि प्रयोग गर्ने चाहाना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button