तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

अजय बम । आगामी मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रिकेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो ।

सागमा पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता जनाउने भएका छन् । माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button